श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने
मंसिर ८, २०८१ शनिबार
इलाम – इलाम भोर्लेनीका विद्यार्थीहरु हिलाम्मे बाटोका कारण नियमित स्कूल जानै पाउँदैनन् ।
इलाम नगरपालिका–५ मा रहेको बिब्ल्याँटे पेट्रोल पम्पदेखि भोर्लेनी हुँदै कृषि सडक जोड्ने पाँच किमीको बाटो अहिले मर्मत गरिएको छ । यही बाटोको प्रयोग गरेर माउण्ट मेरी सेकेन्डरी स्कूल भोर्लेनीका धेरै विद्यार्थीहरु पढ्न जाने गरेका छन् ।
जानेमध्ये अधिकाँश विद्यार्थी नियमित विद्यालयमा हाजिर हुन नसकेको र विद्यालय समयमा उपस्थित हुन नसकेको स्कूलले जनाएको छ ।
‘बाटो मर्मतका लागि खनिएको छ । उपभोक्ताबाट रकम समेत उठाइएको छ । बाटोमा ग्रावेल गर्ने भनिए पनि हालसम्म ग्रावेल हुन नसक्दा बाटोकै कारण नियमित पठनपाठनबाट विद्यार्थीहरु वञ्चित भइरहेका छन्,’ स्थानीय योगेन्द्र पौडेलले गुनासो गर्नुभयो ।
अनिमेश सुवेदी कक्षा २ मा पढ्नु हुन्छ । बाटो हिलाम्मे भएकै कारण पठनपाठन सुरु भएदेखि नियमित स्कूल जान नसकेको आमा टिका सुवेदीको भनाई छ ।
उहाँ भन्नुहुन्छ,‘पढाई सुरु भएदेखि २० दिनसम्म विद्यालय पठाउन सकिन । विद्यालयले होस्टल राखिदिनु भन्नुहुन्छ, होस्टल राख्ने रकम छैन, सुवेदीले भन्नुभयो, ‘समय हुँदा स्कूल पुर्याएर स्कूलमा नै ड्रेस फेरिदिने गरेको छु । ’
खेतीकिसानी गर्ने भएकाले सधै समय मिलाउन गाह्रो हुन्छ । बाटोकै कारण छोराछोरीले नै नियमित स्कूल जान नसकिरहेको सुवेदीले बताउनु भयो ।
‘सम्बन्धित व्यक्तिलाई भन्यो हुन्छ, हुन्छ भन्नुहुन्छ, हाम्रा कुरा कस्ले सुन्छ र?’ सुवेदीले गुनासो पोख्नु भयो ।
‘देवीथान मन्दिर बनाउन यही मर्मत गरिएको बाटोमा दिनहुँ चार वटा ट्रयाक्टर गुडिरहन्छन् ।
पानी परेको समयमा बाटोको अवस्था एकदमै नाजुक हुन्छ । हामी जस्ता ठूलालाई त हिँड्न गाह्रो हुन्छ, सानालाई त गाह्रो हुने नै भयो नी,’ स्कूलका प्रिन्सिपल अनिल श्रेष्ठले भन्नुभयो, ‘नियमित विद्यालय आउन नसक्नेलाई छुटेका पाठलाई पुन सर मिसलाई दोहोर्याउन लगाएर पढाइलाई मिलाइरहेका छौँ ।’
‘केटाकेटी हिलाम्मे भएर आईपुग्छन्, दुखै गरेर पढाउँदै यो वर्खा कटाईरहेका छौँ । हिलाम्मे बाटोको प्रत्यक्ष असर विद्यालय र विद्यार्थीहरुलाई परिरहेको छ । यसको मर्मतमा चाडैँ ध्यान जानुपर्छ, श्रेष्ठले बताउनुभयो ।
सडक उपभोक्ता समितिका गीताबहादुर लिम्बुले भने बाटोमा भेल कटाउने काम भइरहेको बताउनुभयो । उहाँले ग्राबेल गर्नलाई पहल भईरहेको समेत जानकारी दिनभयो ।
इलाम नगरपालिका–५ को बरबोट–२ मा मात्र दुईवटा नयाँ र दुईवटा पुराना गरी चार वटा बाटाहरु निर्माण गरिएका छन् । बाटोकै लगि भनेर नगरपालिकाको तर्फबाट पाँच लाख, वडाले ४० हजार र उपभोक्ताबाट ७० हजार लगानी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।