तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु गरेको ।
उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील क्षेत्रमा लगानी बढाउन सबैलाई आह्वान गर्नुभयो । नेपालले जलविद्युत्को क्षेत्रमा प्रचुर सम्भावना बोकेकाले यस क्षेत्रमा लगानी वृद्धि गरि आफूलाई सम्पन्नशाली बनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जा वर्ष घोषणा गर्ने लक्ष्यसहित सरकारले लिएको नीतिअनुसार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गरिएको बताउनुभयो ।
स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार जनताको जलविद्युत् आयोजनामा सार्वजनिक गरिएको हो । ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको शेयरधनी’ भन्ने मूल नाराका साथ सुरु गरिएको आयोजना अन्तर्गत सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ ।
आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर र प्रभावित क्षेत्रका जनताको १० प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था मिलाइएको छ । आयोजनाअन्तर्गत ३ हजार ७ सय ८९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना निर्माणका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।
जनताको लगानीमा बनाइने आयोजना कुन–कुन ?
किमाथांका अरुण ४८२ मेगावाट
अपर अरुण ७२५ मेगावाट
इखुवा ३० मेगावाट
अरुण ४ ३७२ मेगावाट
धुन्सा खोला ७२ मेगावाट
सिम्बुवा खोला ७० मेगावाट
तामाकोसी ५ ९९६ मेगावाट
त्रिशूली ३ बी ३७ मेगावाट
बूढीगण्डकी ग्वारखोला ६० मेगावाट
बूढीगन्डकी प्रोक १ १०० मेगावाट
बूढीगन्डकी प्रोक २ २४० मेगावाट
बूढीगन्डकी क ७५ मेगावाट
भेरी बबई डाइभर्सन ४८ मेगावाट
फुकोट कर्णाली ४९२ मेगावाट
जगदुल्ला १ ९२ मेगावाट
जगदुल्ला २ ६५ मेगावाट
चैनपुर सेती २१० मेगावाट
सेती नदी ३ १६३ मेगावाट
अपर सेती ५० मेगावाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।