न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डौ – सरकारले काठमाण्डौको तीनकुनेमा ग्यास उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीनकुनेबाट ग्यास उत्खननका लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट जग्गा प्राप्तिको कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो ।
रुकुम पूर्वमा तामाखानी ! सुनको सिरानी, नुनको खोजी !
शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले काठमाण्डौ उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तीनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागेको बताउनुभयो ।
मन्त्री यादवले नवलपरासीको धौवादी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै त्यो फलाम खानी उत्खननकाे काम पनि सुरु गर्ने योजना अघि सार्नुभयो । त्यस क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परिक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाइ छ ।
त्यसको विस्तृत विवरण चीनबाट आउन साथ त्यस क्षेत्रमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको योजना छ । मन्त्री यादवले त्यस क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको पनि राष्ट्रिय सभालाई जानकारी गराउनुभयो ।
धौवादीको फलाम खानीले स्थानीयमा जगाएको विकासको आशा
उहाँले चिनीको मूल्य तत्काल बढन नदिने गरी व्यवसायीहरुसँग सरकारले छलफल गरिरहेको पनि बताउनुभयो ।