काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सीमावर्ती किमाथाङ्का गाउँको पुच्छारबाट बगेको अरुण नदीले बर्सेनि नेपाली भूमि कटान गर्दा दिनानुदिन गाउँ नै पहिरोले बगाउने खतरा बढ्दै गएको छ ।
सदरमुकाम खाँदबारीबाट १ सय ६२ किलोमिटर दूरीमा रहेको भोटखोला गाउँपालिका अन्तर्गत पर्ने सीमावर्ती किमाथाङ्काको भौगोलिक अवस्था भिरालो छ । बीचमा बगेको अरुण नदीले नेपाल र तिब्बत छुट्टाएको छ । वारि नेपाली गाउँ छ भने पारिपट्टि तिब्बतको शहर छ । पारिपट्टि तिब्बतले अरुण नदीमा तटबन्ध लगाएपछि अरुण नदीले बर्सेनि नेपाली भूमि कटान गरिरहेको स्थानीय छेदर भोटेले बताउनुभयो । चीनले आफ्नो भूमि बचाउन तटबन्ध लगाएर सडक निर्माण गरेको छ । त्यसपछि अरुण नदीको बेगले दिनानुदिन नेपाली भूमि कटान गरिरहेको उहाँले बताउनुभयो ।
यसरी दिनानुदिन नेपाली भूमि कटान भइरहेमा किमाथाङ्का गाउँ नै पहिरोले बगाउने होकी भन्ने खतरा बढेको स्थानीयहरुको भनाइ छ । पारिपट्टि चीन सरकारले बलियो तटबन्ध लगाए पनि नेपालतर्फ भने सामान्य ग्याबिन वाल मात्रै लगाएको छ । र त्यो पनि बर्खाको समयमा नदीको भेलले बगाएर लैजाने गरेको स्थानीयको भनाइ छ ।
छिमेकी देश चीन र नेपालको सीमा क्षेत्र भएर बग्ने अरुण नदीमा चीनले एकतर्फी तटबन्ध निर्माण गरेपछि नेपाली भूमि कटान हुन थालेको हो । अरुण नदीले नेपाली भूमि कटान गर्दा भोटखोला गाउँपालिका–१, किमाथाङकाको पुरै बस्ती नै जोखिममा परेको स्थानीयहरुको भनाइ छ । नदी किनारमा चीनले नेपाली भूमि अतिक्रमण गरेर अग्लो तटबन्ध लगाएर सडक निर्माण गरेपछि नदीको पानीले नेपाली भूमितर्फ कटान गरेको स्थानीयहरुको आरोप छ ।
चिनियाँ क्षेत्रबाट आउने नदीको पानी नेपाली भूमितर्फ बग्न थालेकाले कटान भइरहेको वडा नम्बर–१, का अध्यक्ष तेन्छेबी शेर्पाले बताउनुभयो । ग्याबिन वाल बनाउन तत्कालीन किमाथाङ्का गाविस र भोटखोला गाउँपालिकाले एक करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको गाउँपालिका प्रमुख ठिलेन भोटेले बताउनुभयो । यस क्षेत्रको अवस्थाबारे केन्द्रीय सरकारलाई पटक–पटक जानकारी गराउँदासमेत चासो नदिएको अध्यक्ष भोटेले गुनासो गर्नुभयो । उहाँका अनुसार नेपाली भूमि जोगाउन तटबन्धका लागि झण्डै २५ करोड रुपैयाँ अवश्यकता पर्दछ ।
सीमा क्षेत्रको चाँगा र देन्दाङ बजारको विकासका लागि चीनले दुई वर्षदेखि नदीमा दैनिक तीन वा चार वटा एक्स्काभेटर लगाएर बालुवा निकाल्दै आएको छ । चीनले नदीलाई नेपालतर्पm मोडेको वडाध्यक्ष भोटेले बताउनुभयो । चीनको एकतर्फी तटबन्ध निर्मार्णले नेपालतर्फको भूमि कटान बढ्दै गइरहेको छ । वर्षा याममा नदीको बहाव उच्च हुँदा नेपाली भूमिमा अझै धेरै कटान हुने भएकाले सधैँ त्रासमा बस्नुपर्ने स्थानीयको भनाइ छ ।
नदीले किमाथाङकाको खेतीयोग्य जमिनसमेत कटान गरिरहेको छ । यसबारे संघीय सरकारलाई जानकारी गराए पनि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो ।
वडा नम्बर–१, किमाथाङकामा एक सय परिवार बसोबास गर्दै आइरहेका छन् । कटान क्षेत्रमा सीमा भन्सार कार्यालय, सशस्त्र प्रहरी बल, सुख्खा बन्दरगाह, अध्यागमन कार्यालय राख्ने भनिएको क्षेत्र पनि जोखिममा परेको छ । यस क्षेत्रमा सरकारी कार्यालय स्थापना गर्ने नक्सासमेत तयार भइसकेकाले चाँडो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुरअधिकारीले बताउनुभयो ।
अहिलेसम्म किमाथाङ्का प्रहरी चौकी, निकुञ्ज, स्वास्थ्य चौकी र एक प्राथमिक विद्यालय मात्रै रहेको छ । अरुण नदीमा बलियो तटबन्ध तत्काल लगाउनु पर्ने स्थानीय बुद्धिजिवीहरुको जोडदार माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।
Khim bahadur gharti magar
Feb. 16, 2019, 11:41 a.m.यसकाे बिसय मा नेपाल सरकारले सिमावर्ति क्षेत्रमा ध्यान दिनु पर्ने हाेईन र? चिन सरकारले अाफ्नाे भु-भागेको सुरक्षा गर्न लगायकाे बाँधमा हामिले अापत्ति जनाउनु भन्दा नेपाली भु-भाग पर्ने जमिनकाे शुरक्षाकाे लागि नेपालपट्टि बलियाे बाध लगाईदिए सिमा पनि शुरक्षित मनमुटाव पनि हुदैन ? अाेल्लाे घरकाे छिमेकिले पालेकाे चल्लाे कुखुराे पल्लो घरकाे अागनमा जानू के नै फरकुराे हाेर?