निक जोनास प्रेमिका प्रियंका चोपडासँगै किन आए भारत ?

 असार ८, २०७५ शुक्रबार १५:१९:५७ | एजेन्सी

अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकी पप गायक निक जोनाससँगको प्रेमसम्बन्धका कारण चर्चामा छिन् । पछिल्लो समयमा दुवैको भेटघाट बाक्लिएको छ ।

दुवैले आफ्नो अधिकांश समय एकअर्काको साथमा रहेर बिताइरहेका छन् । यसैबीच अहिले फेरि दुवै एक साथ भारत आएको खबर मिडियामा छाइरहेको छ । 
प्रियंकाका साथ निक जोनास भारत आएका छन् । निक प्रियंकाका साथ भारत किन आए त भन्ने कुरालाई लिएर मिडियाहरुले विभिन्न अड्कलहरु गरिरहेका छन् ।

खबरहरुका अनुसार प्रियंकाले भारतको मुम्बईमा एक नयाँ बंगला किनेकी छिन् । जसको मूल्य करिब १०० करोड रहेको छ । उनको यो बंगला निकै आलिशान रहेको छ । प्रियंकाले आफ्नो शानदार बंगलामा साथीहरुका साथ पार्टीको योजना बनाएकी छिन् । त्यही पार्टीमा प्रियंका निकलाई आफ्ना साथीहरुसँग भेटाउन चाहन्छिन् भने यही मौकामा आमा मधु चोपडासँग निकको भेट गराउने योजना प्रियंकाको रहेको छ । 

केही दिनअघि प्रियंका निकको परिवारमा भएको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् । साथै निकका परिवारसँग रमाइलो गर्दै गरेका तस्बिरहरु सार्वजनिक भएका थिए । अहिले निक प्रियंकाको परिवारलाई भेट्न भारत आएका छन् । यसबाट जो कसैले पनि भन्न सक्छ प्रियंका र निक एक अर्काको गहिरो प्रेममा डुबिसकेका छन् । 

तर प्रियंका र निकले भने आफूहरु प्रेम सम्बन्धमा रहेको कुरालाई न त सार्वजनिक रुपमा स्वीकार गरेका छन् न त सम्बन्धमा रहेको खबरहरु प्रति कुनै आपत्ति जनाएका छन् । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया