एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम विस्फोट : ३ जना घाइते, एकको अवस्था गम्भीर

 फागुन १०, २०७५ शुक्रबार २१:२५:२२ | उज्यालो सहकर्मी

ललितपुर - ललितपुरको नख्खुमा रहेकाे एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट हुँदा बाटाे हिँड्दै गरेका ३ जना घाइते भएका छन् । 

दुर्घटनामा परि घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र उरुषा मानन्धर रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि घाइते हुनेहरुको भैसेपाटीमा रहेको मेडिसिटी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

शुक्रबार साँझ करिब ८ बजे भएकाे विष्फाेट कसले गराएका हुन् भन्ने खुलेकाे छैन भने विष्फाेटपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशष्त्र प्रहरीकाे टाेली परिचालन गरी सुरक्षा व्यवस्था निकै कडा पारिएकाे छ ।

 विस्फोटमा एनसेलकाे मुख्य कार्यालसँगै रहेकाे आर एन फर्निचरमा ठूलाे क्षति पुगेकाे छ । एनसेलकै कार्यालयमा भने के कति क्षति भएकाे भन्ने विवरण आउन बाँकी छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया