भारतीय विङ्ग कमाण्डरलाई पक्रेको भन्दै पाकिस्तानद्वारा फाेटाे सार्वजनिक, तर भारत भन्छ : पाइलट बेपत्ता

 फागुन १५, २०७५ बुधबार १८:२६:३० | एजेन्सी
unn.prixa.net

भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् ।

उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना बनाउने प्रयास गरेको भएपनि भारतीय सेना तयारी अवस्थामा भएका कारण उनीहरुको यो प्रयास असफल भएको बताए ।

‘एरियल इन्गेजमेन्टमा मिग-२१ वायुसेनाले पाकिस्तानी विमानलाई खसाल्यो । पाकिस्तानी क्षेत्रमा खसिरहेको विमानलाई थलसेनाले देखेको थियो ।’

उनले भने, ‘दुर्भाग्यवश यस कार्यमा हाम्रो मिग विमान खसेको थियो, पाइलट ‘मिसिङ्ग एन एक्सन’ हो । पाकिस्तानले हाम्रो पाइलट हिरासतमा रहेको दाबी गरेको छ । उनीहरुले गरेको यस दाबीको हामी जाँच गरिरहेका छौँ ।’

 

रविश कुमारले पत्रकारको प्रश्नको जवाफ दिन अस्वीकार  गरेका थिए भने एयर भाइसमार्सल कपूले पत्रकासँग यसबारेमा केही पनि बाेलेनन् ।

योभन्दा पहिले पाकिस्तानी सेनाले दुई भारतीय पाइलटलाई पक्रेको दाबी गरेको छ तर भारतले एक पाइलट बेपत्ता भएको जनाएको छ । पाकिस्तानी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै यो भिडियो भारतीय पाइलटको भएको दाबी गरेको छ । 

भिडियोमा भारतीय वायु सेनाको वर्दी लगाएको व्यक्तिको आँखामा पट्टी बाँधिएको छ, वर्दीमा उसको नाम अंग्रेजीमा लेखिएको छ । यो व्यक्तिले आफ्नो नाम अभिनन्दन र विङ्ग कमाण्डर भएको बताइउँदै उसले आफ्नो सर्भिस नम्बर पनि भनिरहेको छ ।

भिडियोमा व्यक्ति आफू पाकिस्तानी सेनाको कब्जामा छु र भनेर प्रश्न सोधिरहेको छ ।

तस्बिरमा देखाइएको ट्वीट पाकिस्तानी सूचना मन्त्रालयको आधिकारिक ट्विटरबाट पोस्ट गरिएको थियो । तर केही समयपछि यसलाई हटाइएको छ ।

तर पाकिस्तानकाे सरकारी आधिकारिक ट्वीटर एकाउण्टमा दुई पाइलट पक्रेको दाबी गरिएको छ र उनीहरुको तस्बिर पनि देखाइएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले अर्का पाइलटलाई सैनिक अस्पतालमा भर्ना गराएको जानकारी दिएका छन् ।


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया