च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
कास्की - पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको एउटा हात जलेको बताइएको छ । उहाँलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । उहाँ पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उड्नुभएको थियो ।
अर्का विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा पर्नुभएको हो । उहाँ रूखमा अड्किनुभएको थियो । उहाँलाई स्थानीयवासीले उद्धार गरेका छन् । उहाँको अवस्था भने सामान्य रहेको छ । यागुदिन कुन कम्पनीबाट कम्पनीबाट उडेको भन्ने जानकारी आइनसकेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताउनुभयो ।
पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।