ट्रकले ठक्कर दिँदा बालकको ज्यान गयाे, बजार तनावग्रस्त

 फागुन २२, २०७५ बुधबार १८:२७:२४ | सुमित्रा कोइराला

उदयपुर - उदयपुरको कटारी बजारमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राई भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । 

कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना ४ ख ८८९८ नम्बरकाे ट्रकले सडकमा खेलिरहेको बालकलाई ठक्कर दिँदा उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार मध्याह्न बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुव श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय मेघबहादुर कार्कीले ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीले ट्रकको बचाउ गरेको भन्दै कटारीवासी आन्दोलनमा उत्रेको जानकारी दिनुभयो । 

‘प्रहरीले घटनास्थलमा समेत माटोले पुर्ने लगायतका काम गरेको छ,’ उहाँले भन्नभयो, ‘तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको थियो, तर, प्रहरीले घटनालाई लुकाउन खोज्यो । ’

बालकको मृत्युपछि मृतकका आफन्तले कटारी बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठको  भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया