बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा ट्रक र जीप तोडफोड

 फागुन २३, २०७५ बिहिबार १०:९:३९ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण बिहीबार राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडी चल्न दिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै बिहानै दुईवटा सवारीसाधनमा तोडफोड भएको प्रहरीले जनाएको छ । 

राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्तर्गत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्बरको ट्रकमा तोडफोड भएको हो । तोडफोडबाट ट्रकका सिसा फुटेका छन् । यस्तै लु २ च २७२५ नम्बरको वोलेरो जीपमा पनि तोडफोड प्रयास भएको छ । 

प्रहरीले तोडफोडमा संलग्नको खोजी भैरहेको जनाएको छ । यातायात सुचारुको लागि स्कटिङमार्फत गाडि चलाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्स्पेक्टर गिरीराज भण्डारीले बताउनुभयो । 

तुलसीपुरमा कार्यक्रम स्थलबाटै आफ्ना कार्यकर्ताहरु पक्राउ परेको भन्दै त्यस्तो विरोधमा बन्द गर्नुपरेको विप्लव समूहले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया