कर्णाली प्रदेशस्तरीय भलिबलको उपाधि रुकुमलाई

 फागुन २६, २०७५ आइतबार १८:४१:८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना भएको कर्णाली प्रदेशस्तरीय भलिबल छनौट प्रतियोगितामा रुकुम पश्चिमले पुरुष भलिबलको उपाधि जितेको छ ।

१० जिल्लाको सहभागिता रहेको प्रतियोगिताको अन्तिम खेलमा सुर्खेतलाई ३–० को अन्तरले पराजित गर्दै रुकुम पश्चिमले उपाधि हात पारेको हो । योसँगै  रुकुमले  लगातार तीन संस्करणका उपाधि जित्दै ह्याट्रिक समेत गरेको छ ।

रुकुम पश्चिमले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा लगातार उपाधि जित्दै ह्याट्रिक पूरा गरेको हो । आइतबार सल्यानको खलंगामा सम्पन्न कर्णाली प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा उपाधि जित्दै रुकुम पश्चिमले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको हाे । 

२०६८ देखि उपाधिमा लगातार कब्जा जमाउँदै आएको रुकुम पश्चिमले सेमिफाइनलमा डोल्पालाई, क्वाटर फाइनलमा कालिकोटलाई र समूह चरणमा मुगुलाई पराजित गरेको थियो भने समूह चरणमा सल्यानसँग पराजित भएको थियो । सुर्खेत दोस्रो भएको खेलमा डोल्पालाई हराउँदै आयोजक सल्यान तेस्रो भएको छ ।

यस्तै सल्यानमै भएको पुरुष र महिला टेबलटेनिस दुवैको उपाधि सल्यानले जितेको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया