भारतले लगायो माल्दिभ्समा ‘नाकाबन्दी’

 असार ११, २०७५ सोमबार १३:४०:५४ | एजेन्सी
unn.prixa.net

भारतले माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको छ । आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यात कटौती गरेको हो ।

भारतको यो कदमले माल्दिभ्समा खाद्यान्न अभाव हुन सक्ने देखिएको छ । तर माल्दिभ्सले खाद्यान्नको लागि कुनै समस्या नहुने प्रतिक्रिया दिएको छ । केही समय यता माल्दिभ्ससँगको बिग्रँदो सम्बन्धका कारण भारतले निर्यात कटौती गरेको हुन सक्ने अनुमान गरिएको छ ।

माल्दिभ्समा चीनको प्रभव बढ्दै गएको भन्दै भारत रुष्ट बनेको समाचार टिप्पणीमा उल्लेख गरिएको छ । यस अघि आफूले दिएको दुई वटा हेलिकप्टर माल्दिभ्सले स्वीकार नगर्ने बताए पछि भारत रुष्ट बनेको हुन सक्ने अनुमान छ ।

यसअघि २०७२ सालमा नेपालमा पनि भारतले नाकाबन्दी लगाएको थियो । छिमेकी देशहरुसँग देखाउने व्यवहारका कारण पटक –पटक भारतको आलोचना हुने गरेको छ । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया