वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
चितवन – चितवनको रत्ननगर नगरपालिका निपनी चोकमा बोलेरो गाडीको ठक्करबाट सोमबार एक किशोरको ज्यान गएको छ । चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा स्थानीय १३ वर्षीय बसन्त थापाको ज्यान गएको हो ।
रत्ननगर १० निपनी चोकमा बिहान ९ः३० बजेको समयमा पैदलयात्री थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका थापाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ । घटनापछि बिहान ११ः३० बजेबाट स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
दिउँसो २ बजे सामान्य बल प्रयोग गरी अवरुद्ध सडक नियमित गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी दयानिधि ज्ञवालीले बताउनुभयो ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।