प्रसुति गरिएकी सुत्केरीको पाठेघरमा असर, हेलिकप्टरबाट काठमाडौं लगियो

 असार १२, २०७५ मंगलबार १२:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । 

म्याङलुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूको शल्यक्रिया गरी प्रसुति गराइए पनि पाठेघरमा समस्या आएपछि मंगलबार मध्यान्ह काठमाडौं लगिएको हो । दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसुति कक्षमा आइतबार अपरेसन गरेर प्रसुति गराइएको थियो । 

उहाँको दोश्रो सन्तानको रुपमा छोरी जन्माउनुभएको छ । तर प्रसुतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको अपरेसन गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान रेफर गरेको थियो । हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन् समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौं लगेका छन् । 

३ लाख ६० हजार रुपैयाँ भाडामा लिएर श्री एयरमार्फत टिचिङ अस्पताल काठमाडौं लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाई भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ ।
 

मौसम अनुकुल नभएकाले समेत सोमबार दिनभर पर्खिनु परेको श्रोतले जनाएको छ । जिल्ला अस्पतालमा जटिल प्रकृतिका प्रसुति गराउन आकस्मिक शल्यक्रिया कक्ष स्थापना गरिए पनि ब्लड बैंक नहुँदा बिरामीले सास्ती बेहोर्न बाध्य रहेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया