उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
कपिलवस्तु – जिल्लामा पहिलो पटक निग्रोधाराम उत्सव सम्पन्न भएको छ । शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृह नगर कपिलवस्तु आएको दिनको स्मरण गर्दै आज धुमधामका साथ कुदान क्षेत्रमा उत्सव सम्पन्न गरिएको हो ।
उत्सवको उद्घाटन गर्दै प्रदेश नं. ५ का पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनीको विकाससँगै अब कपिलवस्तुका बौद्धकालीन पुरातात्विक स्थलको विकासमा प्रदेश सरकारले विशेष चासो लिएको बताउनुभयो । बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई व्यवस्थित गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्यको रुपमा स्थापित गरिने मन्त्री गिरीले बताउनु भयो । मन्त्री गिरीले दश वर्षभित्र देशको प्रमुख अर्थतन्त्र पर्यटनमा अधारित हुने बताउनुभएको छ ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भगवान बुद्ध, यहाँ हुर्केका एक बालक बुद्ध भएर फर्किँदा पहिलो चोटी आफ्नो नगर आउँदा भनेर सुरुवात गरेको पुण्यतिथिलाई लिएर र निग्राधारामको महत्वलाई उजागर गर्न उत्सवको आयोजना गरिएको बताउनुभएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश नं. ५ का संसदका सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेय, प्रदेश सभा सदस्यहरु धरमबहादुर लाल श्रीवास्तव, रुन्धावती दुवे, रिना नेपाललगायतको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।