पश्चिम सेती जलविद्युत आयोजना गायत्री मन्त्र जस्तो : मुख्यमन्त्री भट्ट

 असार १२, २०७५ मंगलबार १५:४०:३७ | विमल बिष्ट

डाेटी - प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजना ‘गायत्री मन्त्र’ जस्तै भएको बताउनु भएको छ । 

उहाँले चुनावी मुद्दा बनाउने र सबैले नाम लिने गरे पनि पश्चिम सेती आयोजना बनाउनेमा खासै चासो कसैको नदेखिएको दावी गर्नुभएको हो ।

‘वर्षौदेखि पश्चिम सेती आयोजना चुनावी मुद्दा बन्दै आयो तर निर्माण हुन सकेन’ मुख्यमन्त्री भट्टले भन्नु भयो, ‘अब यो मुद्दा गायत्री मन्त्र जस्तै भएको छ, न कसैले पश्चिम सेती आयोजनाको नाम लिन छोड्छ न कसैले बनाउन सक्छ ।’

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना संघीय सरकारले बजेटमा समावेश गरेकाले प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने बताउँदै भट्टले थप्नुभयो, ‘प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने योजनाहरुमा हामी अब दाता आउला वा लगानीकर्ता आउला र हाम्रो योजना बनाइदेला भनेर पर्खदैनौं,आफनो काम आफै गर्छाैं ।’

मुख्यमन्त्री भट्टले खोलाको क्षमताका आधारमा दुई-चार मेगावाट विद्युत निकाल्नेगरी प्रदेश सरकारले तयारी गरिरहेको समेत बताउनुभयो ।

‘पूजी जम्मा गरुलाँ र एकैचोटी विकास गरुँला भन्ने सोचाईले काम चल्दैन’ उहाँले भन्नुभयो ‘आफूसँग जति पूँजी छ त्यतिबाटै लगानी गर्न सुरु गर्ने हो, बाँकी लगानीका लागि खोजी गर्दै जाने हो ।’

कुनै लगानीकर्ता आउला र योजना बनाउला भनेर लाग्ने हो भने पश्चिम सेती आयोजनाकै हालत हुने उहाँको दाबी छ ।

डोटीको शिखर नगरपालिकाको नगरसभा उद्घाटन गर्न दिपायल आउनुभएका मुख्यमन्त्री भट्टले स्थानीय तहमा भइरहेको अनियमितता प्रति गम्भिर चिन्ता व्यक्त गर्नुभएको थियो । 

मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘प्रत्येक राजनीतिकर्मीहरुको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्छ, व्यक्तिगत स्वार्थ होइन ।’ 

त्यस्तै उहाँले जनप्रतिनिधिहरुलाई विकास निर्माण र सेवा प्रवाहमा राजनीतिक पूर्वाग्रह नराख्न पनि आग्रह गर्नुभएको छ । 

‘हिजो चुनाव लड्दा हामी कुनै एक दलको टिकटबाट चुनाव लड्यौं, त्यो वेग्लै पाटो हो’ भट्टले भन्नुभयो ‘अब जनप्रतिनिधि भइसकेपछि हामी सवैको जनप्रतिनिधि हो, त्यसैले हामीलाई भोट दिनेको वा आफू संलग्न पार्टीको मात्रै प्रतिनिधि हुँ भनेर सोच्नुहुँदैन ।’
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया