रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
मोरङ – विराटनगरमा भैरहेको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण पनि नेपाल महिला फुटबलको दक्षिण एसियाको च्याम्पियन बन्ने मौका नजिकै छ ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टाेली हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ ।
प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ ।
यसपटक मौका नचुकाउने प्रतिबद्धता नेपाली खेलाडीहरुले लिएका छन् । खेलाडीहरु अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको ‘यो हाम्रो लागि अवसर हो, यसपाली मौका खेर जान दिदैनौँ ।’
नेपालले साफ च्याम्पियनसिपकै फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघिका तीनवटै फाइनलमा नेपाल भारतसँगै पराजित हुनुपरेको छ । तर, प्रतियोगितामा नेपाली टोलीको लोभलाग्दो लय, भर्खरै भारतलाई हराएको जोश र घरेलु भूमि र दर्शकको साथ यसपटक भारतलाई हराउने आधारहरु भएको नेपाली टोलीकी कप्तान निरु थापाको भनाई छ ।
भारतमा भएको हिरो वुमन गोल्डकपमा भारतलाई हराउँदै च्याम्पियन बनेकाले नेपाली खेलाडीमा भारतलाई पनि हराउन सकिन्छ भन्ने मनोविज्ञान बनेको छ । नेपाली टोलीका प्रशिक्षक हरी खड्काले भारत भन्यो कि डराउनुपर्ने यसअघिको अवस्था अब नरहनु पनि नेपाली टोलीका लागि ठूलो हतियार हुने बताए । उनले भने, ‘आजको दिन नेपालको लागि विशेष दिन हो, हामी इतिहास रच्न सफल हुनेछौँ ।’
अहिलेसम्मका चारवटै उपाधि जितेको भारतीय टोली यसपटक पनि उपाधि उतै लैजाने ध्याउन्नमा छ । तर नेपाली टोलीलाई भारतले पनि कम भने आँकेको छैन । भारतीय टोलीकी कप्तान आशालातादेवी लोईन्टोवाङले नेपाली टोली दरिलो भए पनि यस अघि ४ पटक विजेता भएकोले यो पटक पनि जितको लागि प्रयास गर्ने दावी गरिन् ।
तर, खेलाडी र प्रशिक्षकले जे–जे दावी गरे पनि त्यसको पुष्टि मैदानबाट गर्नुपर्ने छ । नेपाल र भारतबीचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे शहीद रंगशाला विराटनगरमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।