साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

 चैत ८, २०७५ शुक्रबार १२:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले विजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । 

खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटबल च्याम्पियनसिपमा  नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख दिने  घोषणा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को शुक्रबार भएको निर्णयअनुसार यो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया