मोरङमा कन्टेनर र टाटा सुमो ठोक्किए : २ जनाको ज्यान गयाे, ७ घाइते

 चैत ९, २०७५ शनिबार ११:५६:३१ | सुमन तिमल्सिना

मोरङ - मोरङको कानेपोखरी गाँउपालिकामा कन्टेनर ट्रक र टाटा सुमो ठोक्किँदा  २ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा त्यसै दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटा झापा जाने क्रममा जुधेको हो ।

बिहान भएको दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको ज्यान गएकाे  इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयाे ।

सुमोमा सवार अछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बीच बाटोमै ज्यान गएकाे  हो।

दुर्घटनामा गौरादह–४ की ५५ वर्षीया दुर्गा मगर, ३८ वर्षीय बबिता मगर, १४ वर्षीया प्रविका मगर, ३५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ, सुमो चालक झापा दमक–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी घाइते भएका छन्।

घाइतेमध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया