काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने चुरियामाई सुरुङमा...
पुस ८, २०८१ सोमबार
नवलपरासी – विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गंगा ज्ञवाली (सुमन) लाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नवलपरासी पश्चिम बर्दघाट –४, बाढी पीडित बस्तीमा उनको घरबाटै सोमबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ ।
यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट विप्लवका नवलपरासी जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ ।
विप्लवका जिल्ला सदस्य कावासोती नगरपालिका १५, शेरगंज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरेको नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।