लेनदेन आरोपमा फरार रहेका व्यक्ति प्रहरीको नियन्त्रणमा

 चैत १२, २०७५ मंगलबार १५:१६:२८ | हेमराज शर्मा

दाङ - जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन आरोपमा फरार रहेका तुलसीपुरका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी बिनोद बिक्रम शाहका अनुसार तुलसीपुर-५ का यादवप्रसाद भण्डारीलाई पक्राउ गरिएको हो । 

दाङ देउखुरी जिल्ला अदालतले २०७३ साल मंसिर २० गते एक लाख ३५ हजार र थप चार हजार आठ सय ७४ रुपैयाँ ब्याज तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसला यता भण्डारी फरार रहेका थिए ।

भण्डारीलाई प्रहरीले तुलसीपुरको गुम्राहचोकमा लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभएको छ । भण्डारीले अदालतको आदेश बमोजिम उपस्थित नभएको भन्दै थप छ महिना कैदको फैसला गरेको थियो ।

पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयन अनुसार अदालतमा हाजिर गराएर कारगार चलान गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया