नेपाल र नेदरल्याण्ड्सबीचको ट्वेन्टी ट्वेन्टी क्रिकेटलाई आईसीसीको मान्यता

 असार १३, २०७५ बुधबार ९:६:२४ | एजेन्सी
unn.prixa.net

नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ । आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले पनि यो सिरिजलाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको मान्यता दिइएको आईसीसीले जनाएको छ । यो मान्यतापछि नेपालले सन् २०१५ पछि पहिलोपटक आईसीसीको मान्यताप्राप्त ट्वेन्टी ट्वेन्टी खेल खेल्न पाउने भएको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया