बालिकाको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जन्मकैदको फैसला

 चैत १४, २०७५ बिहिबार १४:३३:१२ | सुमित्रा कोइराला

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–३, लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या घटनाका दोषीलाई जेल चलान गरिएको छ ।  

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेपछि उनीहरु जेल चलान भएका हुन् । अदालतले १६ वर्षीय किशोरको हकमा १२ वर्ष ६ महिना र १७ वर्षीय किशोरको हकमा १६ वर्ष २ महिना ६ दिन कैद सजायका साथै क्षतिपूर्तिबापत जनही १÷१ लाख भराउन आदेश दिएको छ । 

१७ वर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसबापत थप ३ वर्ष जेल र ३० हजार जरिबानाको फैसला सुनाइएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या र हातहतियार तथा खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाइएको जिल्ला सहन्यायधिवक्ता गणेशप्रसाद सापकोटाले बताउनुभयो । 

पीडित पक्षको मागदाबीबमोजिम अदालतले बालक देखिएको भन्दै ऐनका अनुसार, उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्था अनुसार फैसला सुनाइएको आचार्यले बताउनुभयो । त्यसैगरी १६ वर्षीय किशोरले भने हतियार नबोकेका कारण बलात्कार र हत्यासम्बन्धी दुई प्रकारको मुद्दा चलाइएको सापकोटाले जानकारी दिनुभयो । कसुरदार नाबालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरी फैसला सुनाएको हो । 

२०७५ साल कात्तिक २४ गते अमला जंगलमा कसुरदारद्वयले बालिका एक्लै बाख्रा चराउन गएको मौका छोपी बलात्कार गरेका थिए । उनीहरु एउटै विद्यालयको कक्षा ९ मा अध्ययन गर्दै आएका थिए । बलात्कार गर्न लाग्दा चिच्याएपछि घाटीँमा थिची हत्या गरेको कुसरदारहरुले प्रहरीको बयानमा बताएका थिए । 
    

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया