घरायसी विवादमा ससुराले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते

 चैत १७, २०७५ आइतबार ११:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – उदयपुरको बेलका नगरपालिका–२ बाँधडाँडामा ससुराको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते भएकी छिन् ।

शनिबार दिउँसो १ बजे स्थानीय सितुमान राईले ३० वर्षीया बुहारी चन्दा राईलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका थिए । 

घाइते चन्दालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने सितुमानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

खुकुरी प्रहारबाट घाइते भएकी चन्दाको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते चन्दाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया