प्रियंका चोपडा र निक जोनसको सम्बन्ध बिच्छेदको खबरको सच्चाइ यस्तो छ

 चैत १७, २०७५ आइतबार १२:२७:७ | एजेन्सी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले करिब ६ महिना एकअर्कालाई डेट गरेर डिसेम्बर १ मा विवाह गरेका थिए । अहिले यस जोडीले विवाह गरेको चार महिना पनि नपुग्दै समबन्ध बिच्छेदको खबर फैलिएको छ । 

ओके नामको अंग्रेजी म्यागजिनले यस जोडीले सम्बन्ध बिच्छेद गर्न लागेको झुठो खबर फैलाएपछि अहिले प्रियंका र निकको सम्बन्ध बिच्चेदको खबर चर्चामा रहेको छ । यस म्यागजिनले यस अघि पनि प्रियंका र निकको विवाहबारे खबर छापेर अफवाह फैलाइ सकेको थियो । प्रियंका चोपडा र निक जोनसबिचको सम्बन्धलाई लिएर फैलाएको अफवाह र वास्तविकता भने यस्तो छ :

पहिलो अफवाह : ओके नामको यस म्यागजिनले छापेको खबरअनुसार प्रियंका र निक छिट्टै नै डिभोर्स गर्न लागेका छन् । विवाह अघि प्रियंका चोपडाको व्यवहार राम्रो लागे पनि विवाह पश्चात उनको व्यवहार परिवर्तन भएको आरोप निकले लगाएको बताइएको छ । साथै प्रियंका चोपडाको रिस र उनको कन्ट्रोलिङ्ग नेचर निक जोनसलाई मन नपरेकै कारण यस जोडीले छुट्टिने निर्णय गरेको बताइएको छ । 

वास्तविकता : प्रियंका र निकको सम्बन्ध बिच्चेदको खबरमा कुनै सच्चाइ नभइ त्यो केवल अफवाह मात्रै हो । किनकी निक जोनसले उनका कयौं अन्तरवार्ता तथा मिडियासँगको कुराकानीमा प्रियंका चोपडाले उनको निकै नै केयर गर्ने गरेको कुरा बताइ सकेका छन् । यसअर्थ यो म्यागजिनले प्रियंकाको निक जोनस प्रतिको व्यवहार बारेको खबर विश्वसनीय छैन । 

दोस्रो अफवाह : उक्त म्यागजिनमा निक जोनसको परिवारले निकलाई प्रियंकाका साथ जति सक्दो छिटो सम्बन्ध तोड्न भनेको पनि बताइएको छ । किनकी यस अघि निक जोनसका परिवारलाई प्रियंका एक समझदार महिला होलिन भन्ने लागे पनि वास्तविकतामा उनी त्यति नरहेको बताएको छ । निकका परिवारहरुका अनुसार प्रियंकाले २१ वर्षिया असमझदार यूवतीको झै व्यवहार गर्ने गरेको बताइएको छ । 

वास्तविकता : प्रियंका चोपडाले यस अघि नै भनिसकेकी छिन् कि निकका घरपरिवार निकै नै सहयोगी र समझदार छन् । साथै निनको परिवारकै सल्लाहमा निक प्रियंकाको विवाह भारतमा गरिएको थियो । साथै प्रियंका चोपडा उनको धेरै जसो समय निकका परिवारका साथ रमाइलो गरेर बिताइरहेकी हुन्छिन् । 

तेस्रो अफवाह : म्यागजिनमा यतिसम्म पनि लेखिएको छ की निक जोनस र प्रियंकाको सम्बन्ध बिच्छेद भएमा उनीहरुबिच समपत्तिलाई लिएर पनि विवाद सुरु हुनेछ । किनकी यस जोडीले हतारमा विवाह गरेको छ । 

वास्तविकता : प्रियंका र निक बित सबैकुरा ठिकठाक चलिरहेको छ । उनीहरुका सामाजिक सञ्जालमा सार्बजनिक भएका हालै खिचिएका तस्बिर र भिडियोबाट पनि थाहा पाउन सकिन्छ । प्रियंका र निकले आफूहरुले ६ महिनासम्म एकअर्कालाई बुझेर समझदारीमै विवाहको निर्णय लिएको बताइसकेका छन् । 

प्रियंका र निकको सम्बन्धबारेको अफवाह फैलिएको यो पहिलो पटक भने होइन । यस अघि पनि ओके नामको म्यागजिनले यस किसिमको अफवाह फैलाएको थियो । प्रियंका र निकको विवाहकै समयमा डिसेम्बर १ मा यो म्यागजिनले ठोकुवा गर्दै लेखेको थियो कि निक र प्रियंकाबीच विवाह पश्चात कहाँ बस्ने भन्ने विषयमा झगडा चलिरहेको छ । 

प्रियंका चोपडाले आज उनको सामाजिक सञ्जालमा पहिलो पटक ‘जोनस ब्रदर्सको शो’ मा सहभागी भएको भन्दै निक जोनस तथा सम्पूर्ण परिवारसँगको तस्विर सेयर गरेकी छिन । यो तस्बिरबाट पनि निक जोनस, उनको परिवार र प्रियंका चोपडाबीच सबै कुरा ठिक रहेको कुरा प्रष्ट हुन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया