कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
बैतडी – गएको १२ वर्षभन्दा पहिला लटरम्म स्याउ फल्ने सतबाँझमा अहिले स्याउ फल्न छाडेको छ ।
स्याउका लागि निकै प्रसिद्ध सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । वि.स. २०१९ सालमा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ ।
सतबाँझ पहिला नेपालमा नै सबैभन्दा धेरै जातका स्याउका फल्ने ठाउँको रुपमा परिचति भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिनुभयो ।
स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले फलफूलका विरुवा र जैतुनको उत्पादन गर्न थालेको पाण्डेयले बताउनुभयो । स्याउ फल्ने समयमा साउनदेखि कार्तिकसम्म सतबाँझमा स्याउ पाक्ने गरेको तर पछिल्लो समयमा बोट समेत हुर्कन नसकेको उहाँले बताउनुभयो ।
बैतडीमा स्याउ फल्न छाडेपछि अहिले तराई तथा भारतबाट स्याउ आयात हुने गरेको छ । बैतडीको सतबाँझमा स्याउ फल्ने बेला सुदूरपश्चिमका साथै काठमाडौंसम्म बिक्रीका लागि लगिने गरिएको थियो ।
वि.स. २०१९ मा सतबाँझको ५ सय ७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवद्धनका लागि स्थापना भएको ‘सुक्खा फलफूल केन्द्र’मा पछिल्लो समय स्याउका जातहरू लोप हुँदै गएका छन् । स्थापनाकालदेखि ७३ जातका स्याउ तथा बोटबिरुवा उत्पादन सुरु गरेको त्यस केन्द्रमा अहिले दुई दर्जनभन्दा कम जातका स्याउ मात्र बाँकी रहेका छन् ।
त्यतिबेला ‘अचार्डकम नर्सरी’ का नामले स्थापना भएको त्यस केन्द्र स्याउका लागि उपयुक्त मानिएकाले भारतको कास्मीरलगायत विभिन्न देशबाट ७३ जातका स्याउ रोपिएका थिए तर अहिले २० देखि २५ जातका स्याउ मात्र बाँकी रहेको एक तथ्याङ्कले देखाएको छ ।
केन्द्रद्वारा प्रकाशित २०६७/०६८ को वार्षिक प्रगति पुस्तिकामा उल्लेख भएअनुसार सुरुमा रोपिएका ती स्याउमध्ये अहिले १७ जातका स्याउ मात्र उत्पादन हुने गरेको छ ।
यहाँ २०४० को दशकसम्म स्याउको निकै राम्रो उत्पादन रहेको बागबानी विकास अधिकृत पाण्डेय बताउनुहुन्छ । ‘हावापानी परिवर्तन र रोग(किराको प्रकोपले स्याउका धेरै जात हराएर गएका छन्’, पाण्डेयले भन्नुभयो ।
केन्द्रको त्यो वार्षिक प्रगति पुस्तिकामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, जोनाथन डेलिसियस, मेकेन्टस, रेड जुन, कक्स अरेन्ज, ब्यूटी अफ बाथ, किङ अफ् पिपिन, कश्मीरी एब्रा, स्टाक अर्ल ब्लेज, रेड मोल्ड, बेनौनी जातका स्याउ मात्र गणनामा रहेको उल्लेख छ ।
आठ डिग्रीदेखि माइनस पाँच डिग्रीसम्म फल्ने अधिकांश स्याउका जात अहिले हराएर गएको र केही फल्न छोडेको फलफूल केन्द्रले जनाएको छ । अहिलेको हावापानी हिउँदमा मात्रै कहिलेकाँही शून्य डिग«्रीसम्म झर्ने र आठ–दस वर्षयता त्योभन्दा चिसो हावापानी नभएको जनाएको छ ।
स्थापनाकालको तीन दशकसम्म साढे चार हजार बोटले डेढ सय किलोको अनुपातमा फल दिने गरेको पुराना दिन सम्झँदै अधिकृत पाण्डेय थप्नुहुन्छ’, त्यस्तो अवस्था छैन, फलेका स्याउका दाना पनि साना हुन्छन, स्वाद पनि घट्दै गएको छ ।’
यसरी स्याउ उत्पादन घटेपछि केही वर्षदेखि यता स्याउका विरुवा सुकेको ठाउँमा नासपाती, आरुबखडा, खुर्पानी, ओखर, चुच्चेओखर, कटुस, हलुवावेद, कागती बदामजस्ता फलफूल लगाइएका छन् ।
तै पनि त्यो फलफूल केन्द्रले वाषिर्क २० हजारजति स्याउका बोट उत्पादन गरिरहेको छ भने साविकको गुरुखोला र बासुलिङ गाविसका १८ वटा निजी नर्सरीबाट स्याउलगायत वाषिर्क एक लाख ५० हजारको अनुपातमा अन्य फलफूलका विरुवा उत्पादन गर्दै आएको छ ।
‘पछिल्लो समयमा खडेरी पर्दै जानु पहिले उत्पादन हुने सबै फलफूल अहिले कम उत्पादन हुन्छन्’, बागबानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेय भन्नुहुन्छ, ‘सशस्त्र द्वन्दका बेला व्यवस्थापन कार्यमा कमी आयो र स्याहार सम्भारमा ध्यान दिन नपाउँदा प्राकृतिक प्रकोपले अहिले समस्या आएको हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।