विराटनगरबाट ५ ओटा मोटरसाइकलसहित चोरीमा संलग्न ५ जना पक्राउ

 चैत १९, २०७५ मंगलबार ९:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रहरीले विराटनगरबाट चोरीको ५ ओटा मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका विजयकुमार यादव र सुनिल यादव, सुनसरीका मनोजकुमार चौधरी, मोरङका अनुज यादव र सोनेलाल महतो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विजयको घरको कम्पाउण्डभित्र लुकाइरहेको अवस्थामा स ५ प ३३३९ नम्बरको रातो कालो रङको मोटरसाइकलसमेत बरामद गरेको हो । घरको पछाडि कम्पाउण्ड भित्र नम्बर प्लेट नभएको अवस्थामा लुकाएर राखिएको रातो कालो रंगको पल्सर मोटरसाइकलसमेत गरी दुई वटा मोटरसाइकल प्रहरीले पक्राउ गरेको हो । सिरहा जिल्ला लाहान नगरपालिका– ६ घर भइ विराटनगर ४ सप्तकोशी मार्गमा डेरा गररी बस्दै आएका विजय मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यही ठाउँबाट मोटरसाइकलको रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रेहरू, मोटरसाइकलका पार्टपूर्जा, मोटरसाइकलको नम्बर प्लेट लगाएत सामाग्रीहरू समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरीमा संलग्न बर्जु ५ अमाहीवेलाहा चोक घर भइ विराटनगर–५  बरगाँछी चोकमा बस्ने  मनोजकुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।  विराटनगर महानगरपालिका–१२ कोशी प्रोजेक्टबाट स १० प ३५०१ नम्बरको रातो कालो मोटरसाइकल चलाइरहेको अवस्थामा  प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले चलाएको नम्बरको मोटरसाइकलको वास्तविक नम्बर को ३५ प ९७६३ रहेको अनुसन्धानवाट खुलेको एसपी केसीले बताउनुभयो ।

त्यस्तै, विजयँंगै बरामद भएको स ५ प ३३३९ नं को मोटरसाइकलको वास्तविक नम्बर को २५ प ५२५१ रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । यो मोटरसाइकल  २०७५ फागुन १८ गते राति विराटनगर  ४ नोवल अस्पतालको मोटरसाइकल  पार्किङबाट चोरी भएको भनी विराटनगर ४ इक्राइका  सुशान्त यादवले प्रहरीमा निवेदन दिनुभएको थियो । 

पक्राउ परेका विजयकुमार यादव विराटनगरमा एमबीबीएस अध्ययरत विद्यार्थी भएको पनि प्रहरीले जनाएको छ । मनोज कुमार चौधरी एक मिडिया हाउसका फोटो तथा भिडियो पत्रकार हुन् ।

त्यस्तै को २८ प ७९७४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरी टोलीले  विराटनगर  १४ जतुवाबाट अनुज यादव र सोनेलाल महतोले चलाइरहेको अवस्थामा पक्राउ गरेको छ ।  पक्राउ परेको मोटरसाइकल विराटनगर–४ इक्राइ बस्ने विरेन्द्र यादवको घरबाट हराएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले चैत ९ गते विराटनगर महानगरपालिका–५ चाँदनीचोकबाट को ३७ प ३१२० नम्बरको मोटरसाइकलसहित सिरहा नगरपालिका २२ का सुनिल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ब्यक्तिको सन्दर्भमा  मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढेको एसपी केसीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया