विप्लव नेतृत्व नेकपाका पर्वत जिल्ला संयोजक पक्राउ

 चैत १९, २०७५ मंगलबार १२:५६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । 

पर्वत जिल्ला कुश्मा नगरपालिका ८ बस्ने परियारलाई कुश्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरीबाट चैत १७ गते नियन्त्रणमा लिएको हो ।

ठूलीपोखरीलगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट चैत १८ गते म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि नेकपाकै कार्यकर्ता रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पर्वत फलेवास नगरपालिका ७ लिमिठानाका धर्मप्रसाद पौडेललाई प्रहरीले रिहा गरेको छ ।  
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया