हावाहुरीले भत्काएका सबै घर सरकारले बनाइदिन्छ : प्रचण्ड

 चैत १९, २०७५ मंगलबार १५:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारा र पर्साका हावाहुरी प्रभावितले राहत वितरण प्रभावकारी हुन नसकेको बताएका छन् ।  

राहत सामग्री पुगे पनि केहीले आवश्यकभन्दा धेरै पाएका र केहीले अहिलेसम्म पाउन नसकेका उनीहरुको गुनासो छ । त्रिपाल, खानेकुरालगायत तत्काल आवश्यक सामग्री वितरणको काम प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ छ । तर गृह मन्त्रालयले भने राहत तथा उद्दारको काम सन्तोषजनक भएको दाबी गरेको छ ।

घटना हुनेबित्तिकै सरकारले झण्डै ४ सय त्रिपाल पठाएको र आवश्यक सहयोग पनि जुटाइरहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दाबी गर्नुभयो । 

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा हावाहुरीमा परि २७ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् । 

यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीले भत्किएका सबै घर सरकारले बनाइदिने बताउनुभएको छ । आज प्रभावित क्षेत्र पुगेका प्रचण्डले घर निर्माण तथा पुनर्निर्माणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल भैरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपाको तर्फबाट हावाहुरीमा परि ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँको दरले राहत दिने विषयमा पनि छलफल भैरहेको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया