सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै
पुस ८, २०८१ सोमबार
जुम्ला – चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीपछि प्रहरीले भारतीलाई पक्राउ गरेको हो ।
बालिकालाई चैत १८ गते बिहान साढे ९ बजे अशोक नमूना आधारभुत विद्यालयमा खेलिरहेको समयमा यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन ओलीले पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा थप अनुसन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।