कर्मचारी समायोजनमा असन्तुष्ट डाक्टरहरुले गराए आकस्मिक बाहेकका सबै सेवा बन्द

 चैत २२, २०७५ शुक्रबार १२:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरले आकस्मिक बाहेकको स्वास्थ्य सेवा बन्द गराएका छन् । 

सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछि शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गराएको सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

गएको फागुन १८ गते गोदान र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सबै प्रदेशसमा समान तरिकाले डाक्टर पठाउने सहमति भए पनि ब्यवहारमा त्यस्तो नभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

आफ्नो माग पूरा नहुँदासम्म आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ ।  देशभर झण्डै १४ सय सरकारी डाक्टर छन् । सरकारी डाक्टरले आ–आफ्नो स्वास्थ्य संस्थामा दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् । 

यसअघि संकलन गरिएका राजीनामा पत्रसमेत सरकारलाई बुझाउने उनीहरूको कार्यक्रम छ । सरकारी चिकित्सकको आन्दोलनका कारण विरामीलाई भने समस्या भएको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया