तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – महानगरपालिकाले गएको चैत १२ गतेदेखि सञ्चालनमा ल्याएको ब्रुमर (यान्त्रिक कुचो) प्रभावकारी देखिएको छ । इटालीबाट भित्र्याइको ५ वटा ब्रुमरले अहिलेसम्म १ सय १५ टन धुलो उठाएको छ । सञ्चालनमा ल्याइएको पहिलो रातमा नै ब्रुमरले १८ टन धुलो संकलन गरेको थियो ।
टेकुबाट सञ्चालन हुने ब्रुमरले ५ वटा रुटबाट रातको समयमा धुलो संकलन गर्दै आइरहेका छन् । सामान्य अवस्थामा धुलो संकलन गर्न सहज भए पनि पानी परेको समयमा भने असहज हुने महानगरपालिकाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले उज्यालो अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै धुलो निर्माणका काम भइरहेका क्षेत्रका सडकबाट संकलन हुने गरेको छ ।
‘विशेषगरी सुन्धारा–बसपार्क क्षेत्रको सडकबाट धेरै मात्रामा धुलो संकलन हुने गरेको छ । विभिन्न निर्माणका काम भइरहेको हुँदा त्यस क्षेत्रबाट ब्रुमरले धेरै धुलो उठाउने गरेको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार, काठमाण्डौको सडकमा ब्रुमरको सञ्चालन सन्तोषजनक नै रहेको छ । अहिले दैनिक रुपमा सरदर १० टनभन्दा बढी धुलो संकलन हुने गरेको छ ।
काठमाण्डौ महानगरपालिकाले सडक विभागलगायत विभिन्न संघसंस्थाको सहकार्यमा काठमाण्डौका नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै ब्रुमर सञ्चालनमा ल्याएको थियो । तर सर्वसाधरणले भने काठमाण्डौको सडकमा ब्रुमर सञ्चालन सोचेजस्तो प्रभावकारी नभएको गुनासो गर्दै आइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।