स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा
फागुन २०, २०८१ मंगलबार
नेपाल अन्ट्रप्रनरशिप एजुकेशन फाउन्डेशन (नीफ) ले बोल्ने क्षमताको विकासमा जोड दिएको छ । मानिसको बोल्ने क्षमताको विकास गर्न र आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ्ग प्रशिक्षण सञ्चालन गर्दै आएको फाउन्डेशनले एक सेमिनारको आयोजना गरेको हो ।
‘स्पिक एण्ड विन (बोल्नुस र जित्नुस्)’ भन्ने मूल नाराका साथ सञ्चालित सेमिनार पब्लिक स्पिकिङ्ग, संवादकला, व्यक्तित्व तथा क्षमता विकासमा प्रशिक्षण दिने देशकै अग्रणी संस्थाको रुपमा दिन प्रतिदिन परिचित बन्दै गइरहेको छ । फाउन्डेशनले झण्डै ३ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आबद्ध ४ हजार भन्दा बढी व्यक्तिलाई प्रशिक्षण दिइसकेको छ ।
कार्यक्रममा नीफका प्रमुख प्रशिक्षक तथा 'सेल्फ हेल्प' विधाका लेखक एचबी कटवालले औसतभन्दा माथिको विचार राख्ने व्यक्ति जीवनमा सफल र खुशी हुन सक्दछ भन्दै सहभागीहरुलाई प्रेरित गर्नु भएको थियो ।
त्यस्तै नीफका अध्यक्ष तथा कार्यकारी अधिकृत शशि शर्माले प्रशिक्षार्थीहरुमा आएको परिवर्तनबाट नीफ परिवारले गर्व महसुस गरेको धारणा राख्नुभयो । कार्यक्रममा ४ हप्ताको पब्लिक स्पिकिङ्ग प्रशिक्षण पूरा गर्ने ब्याच नम्बर ३८९ र ३९० का प्रशिक्षार्थीलाई प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।