स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा
फागुन २०, २०८१ मंगलबार
कपिलवस्तु - एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिताका पतिसहित ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् बाबुराम पौडेल, देवदह नगरपालिका वडा नम्बर १० का गुनाखर अधिकारी र श्रीहरि गौतमलाई सार्वजनिक गरेको हो । पक्राउ परेका ३ जनामध्ये मुख्य आरोपी गुनाखर अधिकारी रहेको प्रहरीले जनाएको छ ।
अनिताका पति बाबुराम पौडेलले ७ लाख रुपैयाँ दिने सहमति भए पछि गुनाखर अधिकारीले अनिता पौडेलको गत फागुन ११ गते अनिताकै घरमा हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयाे ।
अनिता र उनका पति वाबुराम पौडेलबीच केही वर्ष यता राम्रो सम्बन्ध नरहेको, अन्य पारिवारिक कारण र सम्पत्ति एक्लै आफ्नो बनाउन श्रीमतीको हत्याको योजना उनकै पतिले गरेको प्रहरी उपरीक्षक पुडासैनीले बताए ।
पक्राउ परेका ३ जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ । मृतक अनिताकी आमा धनकला भूषाले हत्यामा संलग्न ३ जनालाई हदै सम्मका सजाय हुनु पर्ने माग गरेकी छिन् । मृतक अनिताका १ छोरी र १ छोरा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।