मुम्बईमा खस्यो चार्टड विमान, पाँच जनाको ज्यान गयो

 असार १४, २०७५ बिहीबार १६:३५:३८ | एजेन्सी

भारतको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा बिहीबार एउटा चाटर्ड विमान दुर्घटनाग्रस्त हुँदा ५ जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार यो विमान जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको थियो । विमानमा सवार दुई जना पाइलट र दुई जना इञ्जिनियरको दुर्घटनामा परि ज्यान गएको हो । साथै बाटोमा रहेका एक जना सर्वसाधारणको पनि विमानमा लागेको आगोमा परि ज्यान गएको छ । बनाइरहेकाे घरमाथि विमान खसेकाले ठूलाे संख्यामा मानवीय क्षति नभएकाे प्रहरीले बताएकाे छ ।

सुरुवातमा यो विमान उत्तर प्रदेश सरकारको भएको बताइएको छ । तर उत्तर प्रदेश प्रहरीका एडीजी अरुण कुमारले दुर्घटनाग्रस्त जहाज उत्तर प्रदेश सरकारको नभएको बताएका छन् । 

अहिले विमानमा लागेको आगो निभाउने प्रयास भैरहेको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया