तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ– सरकारी डाक्टरको आन्दोलनका कारण हजारौं बिरामी प्रभावित भएका छन् ।
देशभरका १४ सय सरकारी डाक्टरले गएको शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दा बिरामी समस्यामा परेका हुन् ।
सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछि स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गर्न बाध्य हुनुपरेको सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । सरकारले माग पूरा गर्ने आश्वासन मात्रै दिएको तर व्यवहारमा वास्ता नगरेको उहाँको आरोप छ । सकारले आलटाल गर्नुभन्दा बरु माग पूरा गर्दैनौं भने आफूहरुले सामूहिक राजीनामा दिएर चुपचाप बस्ने उहाँको भनाइ छ ।
गएको फागुन १८ गते गोदान र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सबै प्रदेशमा समान तरिकाले डाक्टर पठाउने सहमति भए पनि व्यवहारमा त्यस्तो नभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । आफ्नो माग पूरा नहुँदासम्म आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।