कार र माेटरसाइकल ठाेक्किँदा माेटरसाइकल चालककाे ज्यान गयाे

 चैत २४, २०७५ आइतबार १९:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका १० भातेंढिकुरमा जगातीबाट बनेपा तर्फ जादै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

आइतबार बा. ४९ प. ५४२७ नं. को मोटरसाइकललाई बा. १९ प. ५०८९ नं.को कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका ६ बस्ने ३४ वर्षीय दिपेन्द्र लामाको ज्यान गएको महानगरीय प्रहरी परसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको र मोटरसाइकलमा पछाडि बसेका काठमाण्डौ महानगरपालिका-३० का ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। 

दुवै सवारी साधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने ३४ वर्षीय राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया