रिद्धिसिद्धि सिमेन्ट नेपाली बजारमा

 चैत २४, २०७५ आइतबार १९:५४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइतबारदेखि रिद्धिसिद्धि सिमेन्ट नेपाली बजारमा आएको छ । 

निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर गु्रप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट उत्पादनबाट गरी आइतबारबाट बजारमा ल्याइएको हो ।

गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले जानकारी दिनु भयो । काठमाण्डौमा आईतबार पत्रकार सम्मेलन गरी नयाँ प्रविधिका साथ उत्पादन सुर गरिएको सो सिमेन्टले गुणस्तरको नयाँ मापदण्ड हासिल गर्ने दावी गरिएको छ ।

मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य लिएको छ । १० अर्ब स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दावी पनि गरिएको छ ।

 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया