भूकम्पले भत्काएको भवन विदेशीको सहयोगमा ठडियो

 चैत २४, २०७५ आइतबार २०:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभार्काले उद्घाटन गर्नुभएको छ । 

चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा बनेको भूकम्पप्रतिरोधी भवनको होभार्काले आइतबार उद्घाटन गर्नु भएको हो । 
कार्यक्रममा राजदूत होभार्काले वैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको भवनको पुननिर्माण गरी स्थानीयलाई हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो ।

‘नयाँ भवन  निर्माण कार्यमा सहभागी सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र भविष्यमा पनि चेक रिपब्लिकबाट यस्तै प्रकारको सहयोग जारी राख्ने विश्वास दिलाउन चाहन्छु,’–उहाँले भन्नुभयो ।

तीनकोठे नयाँ भवनको निर्माण स्थानीय रुपमा उपलब्ध माटो, बालुवा, चिप्स, सेतो माटो र सिमेन्टको प्रयोग गरी निर्माण गरिएको हो । यो नवीनतम प्रविधिले गर्दा भवनभित्र जाडोमा तातो र गर्मीमा शितल हुने भवन निर्माणमा संलग्न सस्टेनेबल फ्युचर नेपालका नारायण आचार्यले बताउनुभयो । ‘नेदरल्यान्ड्स र स्विजरल्यान्डमा सफल रुपमा प्रयोग भएको यो प्रविधिबाट बनेका भवन सुरक्षित र भूकम्प प्रतिरोधी हुने उहाँले बताउनुभयो । 

विभिन्न दाताहरुबाट प्राप्त २८ लाख रुपैयाँबाट नयाँ भवन निर्माण गरिएको नमस्ते नेपालका अध्यक्ष टोमस बेनेरेकले जानकारी गराउनुभयो । भवनको डिजाइन र निर्माण याना सेरासहितको चेक रिपब्लिकन स्वंयसेवी टोली र स्थानीयको सहयोगबाट भएको हो । 

त्यस अवसरमा पूर्वसंविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले भवन निर्माणमा सहयोग पुु्‍र्‍याउने दाता, स्वंयसेवी र स्थानीयलाई सम्मान गर्नुका साथै राजदूत होभार्कालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सुदर्शन तिमल्सिनाले जानकारी गराउनुभयो । 

कार्यक्रममा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवाल, जनप्रतिनिधि र स्थानीय बासिन्दाले सुरक्षित नयाँ भवनसंगै शैक्षिक गुणस्तर र विद्यार्थी संख्यामा निकै वृद्धि हुने अपेक्षा राख्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया