तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
सोलुखुम्बु – खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको ज्यान गएको छ । खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो ।
लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलार्ई थ्रिपास गेस्ट हाउसमा लगिएको थियो । उनको त्यही गेस्ट हाउसमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ ।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक सहितको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय नाम्चेबाट करिब १२ घण्टाको पैदल दूरीमा पर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।