यशराज ब्यानरको फिल्ममा रणवीर सिंह र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर

 चैत २५, २०७५ सोमबार १६:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘पद्मावत’, ‘शिम्बा’ र ‘गली ब्वाय’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका अभिनेता रणवीर सिंह यति बेला बलिउडकै व्यस्त नायकमा पर्छन् ।

साथै उनले वर्ष २०१८ मा सर्वाधिक कमाइ गर्ने फिल्मका अभिनेताको रुपमा पनि आफ्नो पहिचान बनाइसकेका छन् । रणवीर सिंहलाई निरन्तर मिलिरहेको सफलताका कारण बलिउडका ठूला प्रोडक्शन कम्पनीले यतिबेला उनका साथ काम गर्न खोजिरहेका छन् । 

यसैबीच रणवीर सिंहले यसराज ब्यानरको नयाँं फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ । उक्त फिल्म निकै नै ठूलो लगानीमा निर्माण हुने चर्चा पनि यतिबेला भइरहेको छ । यसका साथै यस फिल्ममा रणवीर सिंहको जोडीको रुपमा अनुबन्धित हुने अभिनेत्रीको पनि चर्चा भइरहेको छ । 

यशराजको आगामी फिल्ममा पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको अभिनय रहेको बताइएको छ । खबरहरुका अनुसार रणवीर सिंह र मानुषी छिल्लरको नाम यशराजको अब बन्ने फिल्मका लागि फाइनल भइसकेको छ । फिल्मको निर्देशन मनीष मल्होत्राले गर्नेछन् । यतिबेला रणवीर र मानुषी अरु प्रोजेक्टमा व्यस्त भएका कारण फिल्मको छायाँकन केही समय पछाडि मात्रै शुरु गरिनेछ । 

पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको यो दोस्रो फिल्म हुनेछ । किनकि मानुषी निर्देशक तथा कोरियोग्राफर फराह खानको फिल्ममार्फत बलिउड डेब्यू गर्ने तयारीमा छिन् । उक्त फिल्मको निर्माण रोहीत शेट्टीले गर्ने बताइएको छ । यस फिल्मको काम सकिएलगत्तै मानुषीले यशराज ब्यानरको फिल्मको काम सुरु गर्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया