अर्घाखाँचीमा जीप दुर्घटना : २ जनाको ज्यान गयाे, १२ जना घाइते

 चैत २५, २०७५ सोमबार १५:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको नुवाकोटमा भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १२ जना घाइते भएका छन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । 

भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाउन थालिएको घटनास्थलबाट प्रहरी निरिक्षक गम्भीरजंग थापाले बताउनुभयाे । 

सन्धिखर्कबाट प्युठानको बरौला जादै गरेको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हाे । ज्यान गुमाउनेहरुकाे सनाखत हुन सकेकाे छैन ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया