एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो
पुस २०, २०८१ शनिबार
काठमाण्डौ – आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
मुतियारा कायामास कम्पनीमा काम गर्ने रामु चौधरी र जगरनाथ सिंह दनुवारको दुर्घटनामा ज्यान गएकाे त्यही कम्पनीमा कार्यरत रमेश पन्थीले उज्यालोलाई जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका रामु चौधरी घर बिदामा नेपाल आएर २८ दिनअघि मात्रै मलेसिया फर्किनुभएको थियो ।
घाइते हुनेहरुमा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कवार, सुमन काम्छा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल र सन्तोषकुमार साह रहेको कम्पनीले जनाएकाे छ । कम्पनीकाअनुसार घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेकाले आइसीयूमा उपचार भइरहेको छ ।
होस्टलबाट रातीको सिफ्टमा काम गर्न कार्यस्थलतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार आइतबार राति झण्डै ११ बजेर १० मिनेटमा बस दुर्घटनामा परेको थियो । बस विमानस्थलको कार्गोमा कामदार बोकेर गइरहेको पन्थीले बताउनुभयो ।
बस दुर्घटनामा पर्नुअघि बसका चालक फोनमा झगडा गरिरहेको र त्यही कारण दुर्घटना भएको घाइतेले बताएको पनि पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।
घाइते नेपाली कामदारको सेरदान, पुत्रजया, बान्तिङ र काजाङ अस्पतालमा उपचार भइरहेको छ । बस ४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थलतर्फ जाँदै थियो ।
बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।