तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – धेरै जाँड रक्सी स्वास्थ्यका लागि हानिकारक हुने सबैजसोलाई थाहा छ । तर एक नयाँ अध्ययनका अनुसार दैनिक हल्का वा मध्यम अर्थात एक दुई पेग रक्सी खाँदा पनि स्वास्थ्यमा असर पर्दछ ।
एक दुई पेग रक्सीले उच्च रक्तचाप बढ्ने र स्ट्रोकको खतरा हुने अध्ययनले देखाएको छ । ५ लाख जना पुरुष र महिलामाथि १० वर्षसम्म गरिएको अनुसन्धान पछि अध्ययन सार्बजनिक गरिएको हो ।
चीनको पेकिङ विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनका क्रममा यो देखिएको हो । चीनको पेकिङ विश्वविद्यालयका प्रोफेसर लिमिङ लीले स्ट्रोक अपांग तथा मृत्यु हुने प्रमुख कारक भएको बताउनु भएको छ ।
रक्सी पिउँदा हुने असरबारे अध्ययन गर्नका लागि पूर्वी एसिया उपयुक्त भएकाले चीनमा नै याे अध्ययन गरिएकाे बताइएकाे छ । एक अध्ययनका अनुसार चीनकाे दुईतिहाई पुरुषले रक्सी पिउने देखाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।