प्रकाश सपुत र प्रिती आलेको 'दोहोरी ब्याटल–२' युट्यूब ट्रेण्डिङको एक नम्बरमा

 चैत २५, २०७५ सोमबार १७:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रकाश सपुत र प्रिती आलेको स्वरमा रहेको 'दोहोरी ब्याटल–२' युट्यूब ट्रेण्डिङको एक नम्बरमा छ । सपुतको पहिलो दोहोरी ब्याटललाई पनि दर्शकले निकै रुचाएका थिए । 

प्रकाश सपुतकै शब्द तथा संगीतमा तयार भएको दोहोरी ब्याटल छोटो समयभित्र नै ट्रेण्डिङ एकमा आउन सफल भएको हो । यो समाचार तयार पार्दासम्ममा याे भिडियाेलाई २० लाखभन्दा बढी पटक हेरिएको छ । 

अधिकांश दर्शकले यो दोहोरी ब्याटलमा सकारात्मक टिप्पणी गरेका छन् । अन्तिममा सकारात्मक सन्देश दिएका कारण पनि दोहोरी ब्याटललाई थप सकारात्मक टिप्पणी मिलेको छ । श्रीमान-श्रीमतीको छोडपत्र पश्चात सुरु भएको दोहोरी ब्याटल अन्त्यमा श्रीमान श्रीमतीबीच मेलमिलाप भएको छ ।

श्रीमान-श्रीमतीबीच समय समयमा उतारचढाव आए पनि दुवै मिलेर समस्याको समाधान गर्नुपर्छ भन्ने सन्देश दोहोरी ब्याटलले दिएको छ । 

यो दोहोरी ब्याटलको निर्देशन प्रकाश सपुतले नै गरेका हुन् । गीतमा करन चैसिरको छायांकन रहेको छ भने सम्पादन प्रविन भट्टले गरेका हुन् । 

 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया