‘लिबियामा रहेका नेपाली सेना सुरक्षित छन्’

 चैत २५, २०७५ सोमबार १७:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ  – लिबियाको राजधानी त्रिपोलीमा सरकारी सेना र विद्रोहीबीच भएको भिडन्तमा ३२ जनाको ज्यान जानुका साथै ५० जना बढी घाइते भएका छन् ।

त्रिपोलीमा भिडन्त हुने क्रम बढेपछि त्यहाँ शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका परिवार चिन्तित बनेका छन् । लिबियामा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मार्फत २ सय ३१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । 

त्रिपोलीस्थित मिसन हेडक्वार्टरमा यूएन मिसनका उच्च पदाधिकारीहरुको सुरक्षार्थ नेपाली सैनिकहरु खटेका हुन् ।  त्यहाँ खटेका नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।  

आइतबार पनि त्रिपोली नजिक खलिफा हफ्तार समर्थित लडाकुहरु र त्याहाँको सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुवै पक्षबाट हवाई आक्रमणका घटना भइरहेका छन् ।  

संयुक्त राष्ट्र संघ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुवै पक्षलाई आग्रह गरे पनि भिडन्तहरु रोकिएका छैनन् । 

सन् २०११ मा  लिबियाका तानाशाही नेता मुअम्मर गद्दाफीको अन्त्यपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ । यी समूहबीच शक्ति हत्याउने र तेलका कुवामा वर्चश्व कायम गर्न बेलाबखत भिडन्त हुने गरेको छ ।

हफ्तारको पछिल्लो क्रियाकलापले देशलाई गृहयुद्धमा धकेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका अन्तर्राष्ट्रिय कुटनीतिक प्रयास पनि सफल हुन सकेका छैनन् ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया