पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि डीपीआर तयार

 चैत २५, २०७५ सोमबार १७:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि डीपीआर तयार भैसकेको जानकारी दिनु भएको हो । सोमबार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले झण्डै १ हजार किलोमिटर लम्बाइ रहेको त्यस रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको साउन महिनाबाटै सुरु गर्ने योजना पनि अघि सार्नुभयो ।

मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया