तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
माेरङ – उज्यालोका मोरङ सहकर्मी सुमन तिमल्सिना 'कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार' बाट पुरस्कृत हुनुभएकाे छ । प्रेस चौतारी र प्रेस सेन्टरकाे आयाेजनामा सञ्चालित एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तिमल्सिनालाई पुरस्कार प्रदान गर्नुभएकाे हाे ।
तिमिल्सिना विगत १५ वर्षदेखि रेडियो पत्रकारिता गरिरहनुभएकाे छ । लामाे समय पत्रकारितामा याेगदान दिएकाे भन्दै तिमल्सिनालाई ११ हजार १ सय ११ रुपैयाँ राशीकाे याे पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष विक्रम लुइटेलले बताउनुभयाे ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पत्रकारीताको विकासका लागि प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रमलाई समेट्ने पनि बताउनुभयाे ।
प्रदेशका पुराना पत्रकारको सम्मान गर्नका लागि कार्यदल बनाएर काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै वैशाख २४ लाई भव्य समारोहको आयोजना गरी पत्रकारिता दिवस प्रदेश सरकारले मनाउन थाल्ने घोषणा गर्नुभयाे ।
अक्षयकोष स्थापना गरी सुरु गरिएको यस पुरस्कारले एउटा श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्ने पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।