तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
दाङ – जिल्लाका ६ वटा गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएको छ । प्रदेश नम्बर ५ को सरकारले प्रदेश अन्र्तगतका १२ वटा जिल्लाका ५२ निर्वाचन क्षेत्रका एक–एक वटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने नीति अन्तर्गत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा स्मार्ट कृषि कार्यक्रम लागू भएको कृषि ज्ञान केन्द्र, दाङले जनाएको छ ।
दाङका ६ वटा गाउँमा तरकारी, बसन्ते मकै, कागती, बाख्रापालन जस्ता कृषि कार्यलाई प्राथमिकतामा राखेर काम गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । छनौट गरिएका क्षेत्रमा वार्षिक रुपमा तीन बाली लगाउनु पर्ने नियम छ । परम्परागत प्रविधिबाट कृषि कार्य गर्दै आएका यहाँका कृषकहरुले अब उत्पादनदेखि बजारीकरणसम्म प्रविधिको प्रयोग गर्नेछन् ।
स्मार्ट कृषिका लागि प्रदेश सरकारले एक गाउँलाई ५० लाख रुपियाँ अनुदान दिएको छ । यो कार्यक्रम लागू भएका गाउँका स्थानीयहरुले १५ प्रतिशत रकम लागत सहभागिताको रुपमा लगानी गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । चार वर्षसम्म प्रदेश सरकारले लगानी गरे पनि त्यसपछि भने पूर्ण रुपमा स्थानीय सरकारलाई हस्तान्तरण गरिने छ ।
स्मार्ट कृषि कार्यक्रम लागू भएपछि जिल्लाका धेरै क्षेत्रका कृषकहरु आफ्नो क्षेत्रमा पनि यो कार्यक्रम लागू गर्नेपर्ने माग गर्दै आएको कृषि ज्ञान केन्द्र, दाङले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सांसदको सिफारिस र कृषि कार्यालयको प्राविधिक सहयोगमा छनौट गरिएका गाउँहरुमा विभिन्न क्रियाकलाप सुरु गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ र १० मा पर्ने स्थानीय गाउँ धोबिघाट पोखरी स्मार्ट कृषि गाउँका कृषकहरुले स्मार्ट कृषि कार्यक्रम लागू भएपछि ढिलै भए पनि बसन्ते मकै रोपेका छन् । प्रविधिको प्रयोग गरी मकै रोप्न सुरु गरेका कृषकहरुले पहिलो पटक करिब ६ हेक्टर खेतमा बसन्ते मकै लगाएका हुन् । अहिले छनौट भएका गाउँ कृषिमा स्मार्ट भए उनीहरुले छिमेकी गाउँलाई कृषिमा स्मार्ट बनाउन लाग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ ।
कृषिलाई हेयको दृष्टिले हेर्ने युवा पुस्तालाई स्मार्ट कृषिका कार्यक्रम तथा योजनाले व्यवसायिक कृषिमा आवद्ध गराइ राख्ने धेरैको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।