सरकार विद्युतीय गाडीको प्रवर्द्धनमा प्रतिबद्ध रहेको मन्त्री बस्नेतको भनाइ

 चैत २६, २०७५ मंगलबार १३:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काठमाण्डौ र अन्य ठूला शहरमा ३ सय वटा विद्युतीय गाडी चलाउनेबारे मन्त्रिपरिषदले निर्णय गरेर प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै मन्त्री बस्नेतले सरकार जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्व हरित वृद्धि संस्था (जीजीजीआई) सँग सम्झौता गर्न वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघ संस्थासँग सहकार्य बढाउन चाहेको पनि बताउनुभयो ।

मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वन सचिव डा. विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित शहरका क्षेत्रमा जीजीआईसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदुषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको जानकारी गराउनुभयो ।

जीजीआईका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्र्सजन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । जीजीआई संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मूनको प्रयत्नमा स्थापित अन्तर सरकारी संस्था हो । अहिलेसम्म ३२ देश यसको सदस्य बनेका छन् । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया